Friday, September 5, 2014

चावहिलमा बस पल्टियो, ८ घाइते

September 5
काठमाडौं । काठमाडौंको चावहिलस्थित गोपीकृष्ण सिनेमा हल छेवैमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ यात्रु गम्भीर घाइते भएका छन् ।chabil-ma-bus
 घाइतेहरुको ओम हस्पिटक चावहिलमा उपचार भइरहेको छ । नयाँ बसपार्कबाट पुरानो बसपार्क जाँदै गरेको मध्यउपत्यका यातायातको बा १ ख ९२४० नम्बरको बस सडकमा पल्टिएको हो ।

खानेपानीको पाइप विछ्याउन खनिएको खाल्डोमा परेर बस पल्टिएको प्रहरीले बताएको छ ।

 अत्यधित गतिमा भएको कारण दुर्घटना भएको बसमा यात्रारत घाइते रोनिया ठकुरीले जानकारी दिइन् । खानेपानीको खाल्डोबाट बचाउन ब्रेक लगाउँदा गाडी पल्टिएको थियो ।

 सडक अवरूद्ध हुनेगरी पल्टेको बसलार्इ हटाएर यातायात सुचारू गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

No comments: