September 4
ललितपुर । विश्व आर्थिक मञ्चले बुधबार सार्वजनिक गरेको विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्कमा नेपाल एकसय दुई स्थानमा परेको छ । प्रतिवेदनमा गत वर्षभन्दा नेपाल यसपटक १५ औं स्थानले माथि उक्लेको उल्लेख गरिएको छ । विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्कका लागि सन् २०१४-२०१५ मा १४४ वटा देशको सर्वेक्षण गरिएको सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एडमिनिष्ट्रेसनका डा. रामचन्द्र ढकालले बताए । एक्जुकेटिभ ओपिनियन सर्वे २०१४ नेपालका संयोजक प्रा. डा. रमेशचन्द्र चित्रकारले विश्व आर्थिक विकासमा दक्षिण कोरियाले आफ्नो स्थान उच्च ढङ्गले वृद्वि गरेको बताए । विकासोन्मुख देशहरूको आर्थिक विकासका लागि लगानी, दक्ष सीपसहितको जनशक्ति र निजी-सार्वजनिक साझेदारितालाई बढाउनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ । रासस

No comments:
Post a Comment