Thursday, September 4, 2014

टोयोटाको इटिओस क्रस सार्वजनिक, मूल्य साढे ४१ लाख

September 3
काठमाडौं । बुधबारदेखि राजधानीमा सुरु भएको ‘नाडा अटो शो’मा जापानी मोटर निर्माता कम्पनी टोयोटाको नयाँ कार ‘इटिओस क्रस’ सार्वजनिक गरिएको छ । ETOS-CROSS-final टाेयाेटा गाडीकाे नेपालका लागि अाधिकारिक बिक्रेटा युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिका अध्यक्ष सुरज वैद्य र प्रबन्ध निर्देशक रितु सिँह वैद्यले मेलास्थलमा इटिओस क्रस सार्वजनिक गरे । सार्वजनिक कार्यक्रममा जापान तथा भुटानबाट अाएका पाहुनाहरू समेत सहभागी भएका थिए । इटिओस क्रसको नेपाली बजारमा ४१ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।ETOS-CROSS-final-2 यो कारले रोमाञ्चक डिजाइन प्रतिबिम्बित गर्ने बताउँदै कम्पनीले टोयोटाको गुणस्तरीयता, भरपर्दोपना र विश्वसनीयता समेत झल्काउने दाबी गरेको छ । १४९६ सीसीको पेट्रोल इञ्जिनयूक्त इटिओस क्रसले प्रतिलिटर १६.७८ किलोमिटर माइलेज दिने बताइएको छ । यसमा ठूलो क्याबिन रहेको हुँदा ५ जना यात्रुहरुले लामो रुटमा पनि आरामदायी यात्रा गर्न सक्छन् । कारमा ४५ लिटर इन्धन अटाउने ट्याङकी छ भने २५१ लिटर सामान राख्ने डिकी पनि । कारमा आन्तरिक सजावटमा निकै ध्यान दिइएको छ । कारमा चालकको आवश्यकताका लागि इलेक्ट्रोनिक पावर स्टेरिङ र चालक बस्ने क्षेत्रमा साइड अटो डाउन राखिएको छ । यसमा थ्री स्पोक स्टेरिङ हृवील, पावर विन्डोज, रिमोट फ्यूल लीड, टेलगेट ओपनर, किलेस इन्ट्री लगायतका सुविधाहरु जडान गरिएको छ । सुरक्षा प्याकेजअन्तर्गत कारमा एबीएस, इबीडी, एयरव्याग जडान गरिएको छ । जसले चालकका साथै यात्रुहरुलाई शान्तपूर्वक यात्रा गर्ने वातावरण तयार पार्दछ । इटिओस क्रस स्टाइल, आराम, सुविधा, क्षमता र सुरक्षाको पूर्ण प्याकेज भएको कम्पनीको दाबी छ । यो कार जुनुसुकै सडकमा उच्च क्षमता र आरामका साथ चलाउन सकिन्छ । राजधानी वरिपरीका कुनै पनि सडकमा चलाउन सिफारीस गरिएको यो कारले विशिष्टता र व्यक्तित्व झल्काउन मन पराउने नयाँ ग्राहकहरुलाई लक्षित गरेको छ ।Toyota-Etios-Cross-2

No comments: