Friday, September 5, 2014

जाल्टन इब्राहिमोभिच बने स्वीडेनका सर्वाधिक गोलकर्ता

September 4
काठमाडौं । स्ट्राइकर जाल्टन इब्राहिमोभिच स्वीडेनको सर्वाधिक गोलकर्ता बनेका छन् । बिहीबार राति भएको इस्टोनियाविरुद्धको मैत्रिपूर्ण खेलमा इब्राहिमोभिचले दुई गोल गरे ।Zlatan-Ibrahimovic

 यससँगै स्वीडेनका लागि उनको गोलसँगै ५० पुगेको छ । यसअघि स्वीडेनका लागि सर्वाधिक ४९ गोलको कीर्तिमान रीडेलको नाममा थियो । तर, खेल भने जाल्टनले बढी खेलेका छन् ।

 रीडेलले मात्र ४३ खेलमा ४९ गोल गरेका थिए भने जाल्टनले ९९ गोलमा ५० गोल गरेका हुन् ।

 खेलपछि ५० गोलमा उत्कृष्ट कुन भन्ने प्रश्नमा इब्राहिमोभिचले नोभेम्बर २०१२ मा इङ्ल्याण्डविरुद्ध करिव ३० यार्ड टाढाबाट ओभरहेड किकमा गरेको गोल उत्कृष्ट भएको बताए । ‘तर, सबै गोल महत्वपूर्ण छ’ उनले भनेका छन् ।

No comments: