Friday, September 5, 2014

शुक्रबारका पत्रपत्रीकाको मुख्य खबर

September 4
राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले गोलमेच सम्मेलन हुने, पीटीएको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

 नयाँ पत्रिकाले मुख्य विवादमा दलहरु लचिलो बन्दै गएको, एसियाडमा नेपालका तर्फबाट २ सय ७५ सहभागी जाँदा साढे ६ करोड खर्च हुने खबरलाई प्राथमिकताका साथ छापेको छ ।  1

अन्नपूर्ण पोस्टले सर्वपक्षीय सम्मेलन, पीटीए सम्झौता र सभामुखको निर्देशन नमानि सभासदहरु विदेश भ्रमणमा जाने तयारी गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ । 2

नागरिक दैनिकले नेटवर्क मार्केटिङको नयाँ जालो आएको भारतमा अखडा बनाएर नेपालमा धन्दा सुरु गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ । 3

राजधानी दैनिकले आमा सिरियामा बन्धक भएको, बाबु भारतमा बेपत्ता भएपछि छोरी सहाराबिहीन बनेको, ३९ तारेख र २४ पेसी पुग्दा पनि गम्भीर मुद्दा नटुंगिएको खबरलाई प्राथमिकताका साथ छापेको छ 4

No comments: