Tuesday, September 9, 2014

बन्ने भो ‘बादशाह’, महिमालाई चौथो पटक किन लिए ऋषिले ?

September 9
बलिउडमा नायक साहरुख खानलाई ‘वादशाह’ उपनामले चिनिन्छ ।
 चलचित्र ‘बादशाह’ खेलेपछि साहरुखलाई यो उपनाम दिइएको हो । अब नेपालमा पनि यही नाममा सिनेमा बन्ने भएको छ । निर्देशक ऋषि न्यौपाने आफ्नो १८ औं चलचित्रको रुपमा ‘बादशाह’ बनाउन तम्सिएका हुन् ।

 स्तरिय चलचित्र भन्दा पनि संख्या मात्र वृद्धी गरिरहेका ऋषिले नयाँ चलचित्र आफ्नो नाममा जोडेका छन् । चलचित्रमा चौथो पटक उनले कलाकारको रुपमा महिमा सिलवाललाई लिएका छन् ।

 महिमाले यसअघि ऋषिका ३ वटा सिनेमामा काम गरिसकेकी छिन् । सिने नगरीमा आएर दर्जन चलचित्रमा अभिनय गर्दा पनि महिमाको नाम खासै चम्कन सकेको छैन ।

 यसैले खासै नचम्किएकी एक कलाकारलाई निर्देशकले चौथो पटक दोहोर्‍याउनु आफैमा अचम्मको बिषय छ । चलचित्रमा सुशिल क्षेत्री र महिमाको जोडी देखिनेछ ।

एउटा व्यक्ती पर्दामा कसरी ‘बादशाह’ बन्न सक्छ भन्ने बिषयलाई सिनेमाले उठान गर्ने निर्देशकको भनाई छ । चलचित्रको छायांकन भोलीबाट सुरु हुनेछ ।

No comments: