Sunday, September 7, 2014

दशै आयो बाहार छायो - सीजी इलेक्ट्रोनिक्सको डिस्काउन्ट योजना

September 7
काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले दशैं-तिहारको अवसर पारेर उपभोक्तामाझ ‘सीजी बबाल डिस्काउन्ट’ योजना ल्याएको छ ।
 सीजी CG-LED-TV-Discount-OfferCG-LED-TV-Discount-Offer
एलइडी टेलिभिजनको प्रवर्द्धन गर्ने उद्देश्यसहित ल्याइएको यो योजना आइतबारदेखि लागु भएको छ ।

योजनाको मुख्य विशेषता उपभोक्ताहरुलाई दशैं तिहार तथा छठ पर्वमा आर्थिक भार कम गराउनु रहेको छ । उपभोक्ताले सीजी एलइडी टेलिभिजन खरिद गर्दा आकर्षक छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

 एक बर्षको वारेन्टी भएको सीजी ब्रान्डका एलइडी टेलिभिजन सस्तो एवं सर्वसुविधा सम्पन्न रहेको कम्पनीको दाबी छ । कम्पनीले विभिन्न बैंकहरुबाट शून्य प्रतिशत व्याजदरमा फाइनान्सको समेत व्यवस्था मिलाएको जनाएको छ ।

No comments: