Sunday, September 7, 2014

नेप्से परिसूचक ८७५ अंकमा झर्‍यो, ५० करोडको कारोबार

September 7
काठमाडौं । निरन्तर ओरालो लाग्ने क्रममा आइतबार नेप्से परिसूचक ४६.१३ अंकले घटेर ८ सय ७५ अंकमा झरेको छ ।
 Nepse-2071-5-22Nepse-2071-5-22
आइतबार नेप्सेमा कारोबार गर्ने सबै समुहगत परिसूचकहरु ओरालो लागेका छन् । अघिल्लो महिना १०८३ अंकमा पुगेको नेप्से परिसूचक आरालो लाग्ने क्रममा छ । यस दिन हाइड्रोपावर, इन्स्योरेन्स र बैंकिङ समूहको परिसूचक उच्च अंकले घटेको छ ।

 आइतबार बैंकिङ समूहको सुचक ५२.५९ अंकले घटेको छ भने होटल समूहको ८.११ अंक, विकास बैंक समूहको १६.५९ अंक, हाइड्रोपावर समूहको १७०.८५ अंकले घटेको छ ।

त्यस्तै, फाइनान्स समूहको ११.८५ अंक, इन्स्योरेन्स समूहको १६१.२२ अंक, निर्माण तथा उत्पादन क्षेत्रको ०.६८ अंक र अन्य समूहको २७.०१ अंकले परिसूचक ओरालो लागेको छ ।

आइतबार नेप्सेमा ५० करोड १७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २९ हजार ३ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

No comments: