September 7
पोखरा । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नयाँ नेतृत्वका लागि आइतबार पोखरामा निर्वाचन भएको छ ।
सर्वसम्मतिको प्रयास असफल भएपछि अध्यक्षसहित सबै पदमा मतदान भएको हो । अध्यक्षका लागि बद्री सिग्देल, शिव लम्साल र भुवन भट्टबीच प्रतिस्पर्धा छ ।
यसअघिका कार्यवाहक अध्यक्ष सिग्देललाई कांग्रेसको शेरबहादुर देउवा पक्ष र संस्थ्ाापन पक्षका असन्तुष्टहरुको समर्थन छ । लम्साललाई संस्थापन पक्षका उम्मेदवारका रुपमा अघि सारिएको छ भने दुबैलाई चुनौति दिन भुवन भट्टलाई असन्तुष्टहरुले खडा गरेका छन् ।
युनियनको चुनावलाई प्रभावित पार्न सञ्चार मन्त्री मिनेन्द्र रिजालसहित कांग्रेसका नेताहरु पोखरामा खटिएका छन् । विभिन्न पदमा डेढ सयभन्दा बढीले उम्मेदवारी दिएका छन् । आइतबार रातिसम्म मतदान हुने र निर्वाचन परिणाम सोमवार आउने युनिनयले जनाएको छ ।

No comments:
Post a Comment