September 7
काठमाडौं । खैरो हिरोइनसहित कैलालीका तप्तराज स्वार पक्राउ परेका छन् । गंगबुस्थित स्याङ्गजा गेष्ट हाउस अगाडी सार्वजनिक बाटोमा नै लागू औषध किनबेच भइरहेको भन्दै सूचनाका आधारमा गएको अपराध अनुसन्धान महाशाखाको टोलीले स्वारलाई पक्राउ गरेको हो ।

कुसुम गेष्ट हाउसमा बस्दै आएका ३५ बर्षका स्वारको साथबाट ५.४८ ग्राम खैरो हिरोइन बरामद भएको छ । उनले बिक्रि बितरण गर्ने उद्धेश्यले हिराइनलाई प्यास्टिकको सानो सानो पोका बनाएर राखेको अवस्थामा भेटिएको छ । उनको साथबाट डिजिटल तराजु समेत बरामद भएको छ ।

No comments:
Post a Comment