Sunday, September 7, 2014

अष्ट्रेलियाले शीर्ष वरियता गुमायो

September 7
काठमाडौं । अस्ट्रेलिया आइसीसीको एकदिवसीय बरियतामा ३ स्थान तल झरेको छ । जिम्बाबेमा भएको क्रिकोणत्मक श्रृंखला अघि अस्ट्रेलिया पहलो नम्बरमा रहेको थियो ।
 तर, जिम्बाबेमा अष्ट्रेलिया आयोजक घरेलु टोलीसँग एउटा खेलमा पराजित भएको थियो भने दक्षिण अफ्रिकासँग दुई खेलमा पराजित भएको थियो ।
 इंग्ल्याणसँगको ५ एकदिवसीय श्रृंखलामा ३-१ को जित निकालेको भारत शीर्ष स्थानमा उक्लिएको छ । भारतको १३ रेटिङ र ६६९६ अंक छ ।
समान १३ रेटिङ भएको साउथ अफ्रिका ४८६८ अंकसहित दोस्रो स्थानमा छ भने श्रीलंका तेस्रो तथा अस्ट्रेलिया चौथो स्थानमा छन् । अफगानिस्तान ११ औं र आयरल्याण्ड १२ स्थानमा छन् ।

No comments: