September 7
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा तत्काल प्राविधिक व्यक्ति नियूक्त नगरे कडा संघर्षमा उत्रिने कर्मचारीहरुले चेतावनी दिएका छन् । टेलिकको प्राविधिक समुहका कर्मचारीहरुले बिहीबार विज्ञप्ती जारी गरेर त्यस्तो चेतावनी दिएका हुन् ।
NTC
सरकारले बिहीबार प्रबन्ध निर्देशकमा प्राविधिक ज्ञान नभएको व्यक्तिलाई नियूक्त गरेर प्राविधिक समुहमा कार्यरत ४ हजार बढी कर्मचारीको उपेक्षा गरेको उनीहरुको आरोप छ । ‘प्रविधिमा आधारित दूरसञ्चार सेवा प्रदान गर्ने कम्पनीमा प्रबन्ध निर्देशक पनि प्राविधिक ज्ञान भएको व्यक्ति हुनुपर्छ, नेतृत्वमा रहने व्यक्ति परिवर्तित प्रविधिको उच्च ज्ञान राख्ने, प्रतिस्पर्धात्मक वातावरणमा उपयुक्त निर्णय गर्न सक्ने र चलिरहेको प्रविधिप्रति सजग रहन सक्नुपर्छ’ जारी विज्ञप्तीमा भनिएको छ ।
सरकारले कम्पनी ऐन र दूरसञ्चार कम्पनीकै नियमावलीलाई कुल्चिएर ठाडो हस्तक्षप गरी प्राविधिक ज्ञान नभएको व्यक्तिलाई प्रबन्ध निर्देशक नियूक्त गरेको उनीहरुको आरोप छ । सरकारले चार्टर्ड एकाउन्टेन्ट बुद्धि प्रसाद आचार्यलाई प्रबन्ध निर्देशक नियूक्त गरेको छ ।
उनले आइतबार पदभार ग्रहण गरेका छन् । कर्मचारीहरुले राष्ट्रको सञ्चार टेलिकमलाई थप सशक्त, सवल, प्रतिस्पर्धी, ग्राहकमुखी बनाउन प्राविधिकहरुको मनोवल उच्च राख्नुपर्ने बताएका छन् । उनीहरुले बिहीबारको मन्त्रीपरिषद्को निर्णय तुरुन्त सच्चाएर उच्च पदस्थ प्राविधिहरुमध्येबाट प्रबन्ध निर्देशक नियूक्त गर्न सरकारलाई निर्देशन दिएका छन् ।
उनीहरुले निर्णय तुरुन्त नसच्चाएमा थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरी अति आवश्यक सेवा बाहेक अन्य सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

No comments:
Post a Comment