Sunday, September 7, 2014

स्वर्ण जित्ने बक्सिङ खेलाडीलाई १ लाख

September 7
काठमाडौं । थाइल्यान्डका गैर आवासिय नेपाली पवन गुरुङले १७ औं एसियन खेलकुदमा पदक जित्ने नेपाली बक्सिङ खेलाडीलाई नगद पुरस्कार घोषणा गरेका छन् ।

 उनले ३ असोजबाट दक्षिण कोरियाको इन्चोनमा हुने एसियाडमा स्वर्ण जित्ने बक्सिङ खेलाडीलार्य १ लाख, रजत जित्नेलाई ५० हजार र काश्य पदक जित्नेलाई २५ हजार व्यक्तिगतरुपमा नगर पुरस्कार दिने घोषणा गरेको नेपाल बक्सिङ संघका कोषाध्यक्ष किरणबहादुर श्रेष्ठले जनाएका छन् ।

 बैंककमा बैदेशिक ट्रेनिङ लिइरहेका बक्सिङ खेलाडी, प्रशिक्षक र अफिसियललाई टिसर्ट, बल्याङकेट, घडिलगायत सामाग्री प्रदान गर्ने कार्यक्रममा गुरुङले यो घोषणा गरेका हुन् । गुरुङले खेलाडीलाई हौसला प्रदान गर्ने विभिन्न सामाग्री समेत वितरण गरेको बताइएको छ ।

 नेपाली खेलाडीले बानोन्जामा थाइल्यान्डको राष्ट्रिय बक्सिङ टिम र मलेसियाको राष्ट्रिय बक्सिङ टिमले प्रशिक्षण लिइरहेको स्थानमा प्रशिक्षण लिइरहेका हुन् । बक्सिङबाट एसियाडमा हुने खेलाडीमा ४९ केजीमा विक्रम परियार, ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा पुरन राई, ६० केजीमा पूर्णबहादुर लामा, ६४ केजीमा भुपेन्द्र थापा, ६९ केजीमा दिपेश लामा, ७५ केजीमा उज्जर सिंह थापा छन् ।

 त्यसैगरि महिलातर्फ ५१ केजीमा मिनु गुरुङ र ६० केजीमा सरस्वती रानामगर छन् । २०१० मा ग्वान्जाओमा भएको १६ औं एसियाडमा नेपालले बक्सिङबाट मात्र एक काश्य प्रदक पाएको थियो ।

No comments: