Thursday, September 11, 2014

रत्तचन्दनको मालासहित तीन पक्राउ

September 11
काठमाडौं । काठमाडौंको कीर्तिपुरबाट रत्तचन्दनको मालासहित तीन जना पक्राउ परेका छन् । कीर्तिपुर-२ मित्रनगरबाट सुर्खेतकी पद्मा खरेल, लक्ष्मी शाही र भारतीय नागरिक शेख निजामुद्धिन पक्राउ गरेका हुन् ।

उनीहरुको साथबाट रत्तचन्दन जस्तो देखिने काठमा माला ५९ थान, बरामद भएको छ । उक्त मालाको कुल तौल ५ केजी ५० ग्राम छ । यस्तै रेड पाण्डा हाब्रेको छालासहित बौद्धबाट सञ्जय चोङवाङ र विजय गुरुङ पक्राउ परेका छन् ।

 उनीहरुको साथबाट पुच्छरसहित ३३ इन्च लामो रेडपाण्डाको छाला बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

No comments: