Sunday, September 7, 2014

टेलिकमका सेवाहरु सुधार तथा विस्तारमा जोड दिनेछु : आचार्य

September 7
काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले आइतबारदेखि पदभार ग्रहण गरेका छन् । कम्पनीको केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आयोजित एक कार्यक्रमबीच उनले पदभार ग्रहण गरेका हुन् ।
Buddhi-Prasad--Acharya
 पदभार ग्रहण गर्दै प्रबन्ध निर्देशक आचार्यले आफूले २ वर्षे कार्यकालमा कम्पनीका सेवाहरुको गुणस्तर सुधार र सेवा विस्तारमा सम्पूर्ण शक्ति लगाउने बताए । उनले कर्मचारीको बृत्तिविकासको लागि समेत थप कार्यक्रम ल्याउने प्रतिवद्धता जाहेर गरेका छन् ।

 भारतको दि इन्ष्टिच्युट अफ चार्टड एकाउन्टेण्टस अफ इण्डियाबाट चार्टड एकाउन्टेण्सी उतिर्ण गरेका आचार्य २०५७ सालमा कम्पनीमा दशौं तहबाट सेवामा प्रवेश गरेका थिए । उनी २०६५ चैत्र ७ गते नायव प्रबन्ध निर्देशकमा पदोन्नती भएका थिए भने २०७१ असार २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट निमित्त प्रबन्ध निर्देशकमा नियुक्त भए ।

No comments: