Sunday, September 7, 2014

यू-१६ च्याम्पियनसिपमा नेपाल र उज्वेकिस्तानले बराबरी खेल्यो

September 7
किरण सुनारको अन्तिम मिनेटको गोलको मदतमा नेपालले एएफसी यू-१६ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग बराबरी खेलेको छ । आइतबार भएको खेलमा नेपालले साविकको विजेता उज्वेकिस्तानसँग १-१ बराबरी खेल्दै अंक बाँडेको हो ।
 U-16-football-team
 थाइल्याण्डको मुवाङ थोङ रंगशालामा भएको खेलमा नेपाल नियमित कप्तान एवं युवा स्ट्राइकर विमल घर्तीमगर विना मैदान उत्रिएको थियो । छनोट चरणमा पाएको दुई वटा पहेँलो कार्डका कारण विमलले उज्वेकिस्तानविरुद्धको खेल गुमाएका हुन् ।

 खेलको सुरुबाटै उज्वेकिस्तानले नेपाली टोलीलाई दबावमा राखेको थियो । १२ औं मिनेटमा नेपालका अन्जन विष्टको प्रहारले सही दिशा लिन सकेन । २८ औं मिनेटमा नेपाली डिफेण्डर र गोलरक्षकबीच तामेल नहुँदा उज्वेकिस्तानले राम्रो मौका पाएको थियो ।

 तर, सदुपयोग गर्न सकेनन् । ४७ औं मिनेटमा अन्जनले करिव २५ याड टाढाबाट हानेको बल गोलकिपरले बचाए । ५३ औं मिनेटमा उज्वेकिस्तानले पेनाल्टी पायो, जसमा कुचिमोभले गोल गरे । खेलको अन्तिम मिनेटमा किरण सुनारले गोल गर्दै नेपाललाई हारबाट जोगाए ।

No comments: