September 11
काठमाडौं । दशैंतिहारलाई लक्षित गर्दै नेपाल खाद्य संस्थानले ३ हजार ४ सय खसीबोका राजधानी ल्याउने भएको छ । खसीबोकाको खपत बढी हुने दशैंतिहारमा उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउन संस्थानले हरेक वर्ष खसीबोका ल्याउँदै आएको छ । संस्थानले गत वर्षपनि ३४ सय खसीबोका ल्याएर सहुलित मूल्यमा बिक्री गरेको थियो ।
goat-sales-at-khadya-sanstha,-thapathali
संस्थानले सुर्खेत, दाङ, हेटौंडा र रुपन्देहीबाट खसीबोका ल्याउने भएको छ । अघिल्ला वर्षहरुमा संस्थानले नेपालगञ्जबाट खसीबोका राजधानी भित्राउने गथ्र्यो ।
दशैंमा व्यवसायीहरुले कृतिम अभाव सृजना गरी मासुको मूल्य बढाउन नपाउन भन्ने उद्देश्यले सहुलियत मूल्यमा खसीबोका बिक्री गर्दै आएको संस्थानका वितरण विभाग प्रमुख श्रीमणिराज खनालले बताए ।
संस्थानले बजार मुल्यभन्दा प्रतिकेजीमा ५ देखि १० रुपैयाँसम्म सहुलियत दिने बताएको छ । संस्थानले घटस्थापनाको दिनदेखि उपत्यका खसीबोका बिक्री वितरण गर्ने खनालले जानकारी दिए । अघिल्ला वर्षको तुलनामा यस वर्ष खसीबोकाको भाउ बढ्ने संस्थानले जनाएको छ ।
यस वर्ष मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोले सडक बिगि्रदा आपूर्तिमा समस्या भई खसीबोकाको मूल्य बढ्ने भएको हो । त्यसो त अघिल्लो वर्षको तुलनामा बजार मूल्य तथा ढुवानी खर्चसमेत बढेका कारण खसीबोकाको भाउ स्वतः बढ्ने निश्चित छ ।
संस्थानले गत वर्ष १६ केजी मुनीका खसीबोका प्रतिकेजी ३७० रुपैयाँ, १६ केजीमाथि २० केजीसम्मका खसीबोका ३८५ रुपैयाँ, २५ केजी सम्मका खसीबोका ३९० रुपैयाँ र २५ केजी माथिका खसीबोका ३९५ रुपैयाँमा बिक्री वितरण गरेको थियो । निजी क्षेत्रका व्यवसायीहरुले भने राजधानीमा खसीबोका भित्राउन सुरु गरिसकेका छन् ।
दशैंतिहारमा मासुको माग अत्यधिक बढी हुने हुँदा माग पुरा गर्न भारतबाट खसीबोका ल्याउनुपर्छ । व्यवसायीका अनुसार स्थानिय उत्पादनले बजार माग धान्न नसक्ने हुँदा यस वर्ष ९० प्रतिशत खसीबोका भारतबाट आयात गरिने व्यवसायीले बताएका छन् ।
काठमाडौं । दशैंतिहारलाई लक्षित गर्दै नेपाल खाद्य संस्थानले ३ हजार ४ सय खसीबोका राजधानी ल्याउने भएको छ । खसीबोकाको खपत बढी हुने दशैंतिहारमा उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउन संस्थानले हरेक वर्ष खसीबोका ल्याउँदै आएको छ । संस्थानले गत वर्षपनि ३४ सय खसीबोका ल्याएर सहुलित मूल्यमा बिक्री गरेको थियो ।
goat-sales-at-khadya-sanstha,-thapathali
संस्थानले बजार मुल्यभन्दा प्रतिकेजीमा ५ देखि १० रुपैयाँसम्म सहुलियत दिने बताएको छ । संस्थानले घटस्थापनाको दिनदेखि उपत्यका खसीबोका बिक्री वितरण गर्ने खनालले जानकारी दिए । अघिल्ला वर्षको तुलनामा यस वर्ष खसीबोकाको भाउ बढ्ने संस्थानले जनाएको छ ।
यस वर्ष मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोले सडक बिगि्रदा आपूर्तिमा समस्या भई खसीबोकाको मूल्य बढ्ने भएको हो । त्यसो त अघिल्लो वर्षको तुलनामा बजार मूल्य तथा ढुवानी खर्चसमेत बढेका कारण खसीबोकाको भाउ स्वतः बढ्ने निश्चित छ ।
संस्थानले गत वर्ष १६ केजी मुनीका खसीबोका प्रतिकेजी ३७० रुपैयाँ, १६ केजीमाथि २० केजीसम्मका खसीबोका ३८५ रुपैयाँ, २५ केजी सम्मका खसीबोका ३९० रुपैयाँ र २५ केजी माथिका खसीबोका ३९५ रुपैयाँमा बिक्री वितरण गरेको थियो । निजी क्षेत्रका व्यवसायीहरुले भने राजधानीमा खसीबोका भित्राउन सुरु गरिसकेका छन् ।
दशैंतिहारमा मासुको माग अत्यधिक बढी हुने हुँदा माग पुरा गर्न भारतबाट खसीबोका ल्याउनुपर्छ । व्यवसायीका अनुसार स्थानिय उत्पादनले बजार माग धान्न नसक्ने हुँदा यस वर्ष ९० प्रतिशत खसीबोका भारतबाट आयात गरिने व्यवसायीले बताएका छन् ।
No comments:
Post a Comment