Thursday, September 11, 2014

जुम्ला-रारा अल्ट्रा म्याराथन असोज २४ मा

September 11
काठमाडौं । जुम्ला-रारा अल्ट्रा म्याराथन असोज २४ गते हुने भएको छ । हिमालयन म्याराथन क्लब, नेपालले बिहीबार पत्रकार सम्मेलन थरी म्याराथनमा पुरुष र महिला गरी अनुमानित १ सय ५० प्रतिस्पर्धीको सहभागिता रहने जानकारी दिएको छ ।

 म्याराथनको दूरी ४२.७२३ किलोमिटर रहनेछ । पुरुष/महिलामा पहिलो हुनेले ३५ हजार, दोश्रोले २० हजार र तेश्रोले १५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । चौथोदेखि दसौं स्थानमा रहनेले समान ३ हजार नगद पुरस्कार हात पार्नेछन् । भेट्रान्स ४० वर्षमाथि पनि पुरुषतर्फ प्रतिस्पर्धा हुनेछ ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ८ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार जित्नेछन् । क्लबका अध्यक्ष चेतनराज गिरीका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १९ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ । प्राविधिक संयोजकमा हरिबहादुर रोकाया रहेका छन् ।

No comments: