September 5
काठमाडौं– गत वर्षको उपविजेता नेपाल क्रिकेट फ्यान क्लबले शुक्रबार न्यु भिजन क्लबलाई ६३ रनले पराजित गरी काठमाडौं जिल्ला यु–१९ छनोट प्रतियोगिता जितेको छ। पुल्चोक इन्जिनियरिङ क्याम्पसमा टस जितेको फ्यान क्लबले २० ओभरको खेलमा ५ विकेट गुमाई १ सय ६१ रन बनायो। टोलीबाट बब्लु यादवले ६२ र अस्चल चौधरीले अविजित ५० रन बनाए।

ओपनर बब्लुले ४८ बल खेली ६ चौका र १ छक्का तथा अस्चलले ३९ बलको इनिङ्समा ६ चौका प्रहार गरे । कप्तान विशाल बावु अधिकारी १५ र पुरन विक १४ रनमा आउट भए। न्यु भिजनका अनुप ओलीले ३ तथा अभिषेक शाही र कृष्ण अधिकारीले १–१ विकेट लिए। जबाफमा न्यु भिजनले ७ विकेट गुमाई ९८ रनमात्र बनाउन सक्यो। नरेश चन्दले ६१ रन बनाए।
५८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। अमृत थापा र अनुप ओली ११–११ रनमा आउट भए । फ्यान क्लबका पुरन विकले ३ र विशालबाबुले १ विकेट लिए। १२ टोलीले सहभागिता जनाएको प्रतियोगितामा न्यु भिजनका कृष्ण अधिकारी म्यान अफ द सिरिजमा चुनिए। उनले समूह चरणको २ खेलमा १ सय ९ रन बनाउनुका साथै १० विकेट लिएका थिए।
१ सय १६ रन बनाएका फ्यान क्लबका पुरन उत्कृष्ट ब्याट्सम्यान र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका निशान राउत ७ विकेट लिदैं उत्कृष्ट बलरमा चुनिए । नेपाल क्रिकेट संघका कार्यबहाक कोषाध्यक्ष एवंम काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दीवाकर घले र क्रिकेट संघका सदस्य अजय पाण्डेले विजयी खेलाडीलाई पुरस्कृत गरे ।

No comments:
Post a Comment