Saturday, September 6, 2014

सुन्दरीको जादू चल्यो (फोटो फिचर)

September 5
ताइपेइ—यति सुन्दर हुन सम्भव छ जसलाई मान्छेहरु निर्धक्कसँग 'मिसफिट' भन्न थालुन्? मोडल वा हिरोइनको कुरा बेग्लै हो। कजाकिस्तानकी एक युवा भलिबल खेलाडी सोसल मिडियामा अहिले मिसफिटको नामले प्रख्यात भइरहेकी छिन्।
 सुन्दरीको जादू चल्यो (फोटो फिचर)
 १७ वर्षकी सबिना अल्तिनबेकोभा कजकिस्तानको अन्डर १९ टोलीबाट खेल्छिन्। एशियाली मूलकी यी खेलाडीको उचाइ ६ फिट छ। सोसल मिडियामा प्रशंसकहरुले सबिनालाई भनिरहेका छन्- 'तिमी यति सुन्दर छउ, थकाइ र मिहिनेत गर्ने खेल तिम्रा लागि उपयुक्त छैन।' पछिल्लो हप्ता उनले ताइवानको ताइपेइमा भएको एक भलिबल प्रतियोगितामा कजाकिस्तानको जुनियर टोलीको प्रतिनिधत्व गरेकी थिइन्। यसको केही दिनपछि उनी सोसल मिडियाकी स्टार भइन्।
 sports
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले समेत लेख्यो- 'यी युवा खेलाडीको सुन्दरताले मिडिया तथा अन्य मान्छेलाई विशेष आकर्षित गरिरहेको छ।' सविनाको सुन्दरताले उनका प्रशिक्षक समेत हैरान छन्। प्रशिक्षक नुरलान सादिकोव भन्छन्- 'दर्शकले यसरी प्रशंसा गर्दिन्छन् कि मानौ पूरै प्रतियोगितामा एकजना खेलाडी खेलिरहेको छ।' सबिनाकी आमाका अनुसार उनी सधैँ मोडल बन्न चाहन्थिन्। मातापिताले उनलाई ग्लामरको दुनियाँमा छिर्नबाट सधैँ रोक्दै आएका छन्।
 sports0
 अचानक मिलेको यो प्रसिद्धिले सविना छक्क परेकी छिन्। 'साँच्चै भन्ने हो भने म आफैँ पनि छक्क परेकी छु। म एक कजिकास्तानकी सामान्य युवती हुँ। म चाहन्छु मेरो टोलीले मेरो देशलाई माथि पुर्या्वस्। तर अब मलाई पब्लिसिटीले पूरै घेर्‍यो।'sports1sports3sports5sports7sports8sports9sports10

No comments: