Saturday, September 6, 2014

भारतलाई २ सय ९५ रनको चुनौती

September 5
हेडिङ्ले– इंगल्यान्डले भ्रमणमा रहेको भारतीय टोलीलाई एकदिवसीय रिसिजको पाँचौं म्याचमा जितका लागि २ सय ९५ रनको चुनौती दिएको छ।
 भारतलाई २ सय ९५ रनको चुनौती
टस हारेर पहिले ब्याटिङ गरेको इंगल्यान्डले कमजोर सुरुवात गरे पनि जोए रुटको सानदार शतकको मद्दतले ७ विकेटको क्षतिमा २ सय ९४ रन बनाएको हो।

रुटले १ सय ८ बल खेल्दै १० चौका र ३ छक्काको मद्दतले १ सय १३ रन बनाएका थिए। कप्तान एलिस्टर कुक ४६ रन बनाउँदै आउट भएका थिए भने।

विकेटकिपर जोस बटलरले ४९ रन बनाएका थिए। पाँच म्याचको सिरिजको पहिलो खेल वर्षाले गर्दा अबरुद्ध भएको थियो भने त्यसपछिका तीन खेल जिन्दै भारतले सिरिजमा कब्जा जमाइसकेको छ।

No comments: