September 17
तीन संवैधानिक निकाय मानव अधिकार आयोग, लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्न बिहीबार संवैधानिक परिषदको बैठक बोलाइएको छ । आजको कान्तिपुर दैनिक लेख्छ प्रधानमन्त्री एवं परिषदका अध्यक्ष सुशील कोइरालाले बिहीबार बिहान बस्ने गरी परिषद बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले तीन संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिको सिफारिस गर्नेबारेमा छलफल गर्ने लिखित एजेन्डासहित बैठक बोलाएको जानकारी परिषदका सदस्य एवं सभामुख सुवास नेम्वाङले दिए ।
प्रधानमन्त्रीले तीन संवैधानिक निकायमा नियुक्तिको सिफारिस गर्न सोमबार बोलाएको बैठक एमाओवादी नेता पोष्टबहादुर बोगटीको निधन भएका कारण स्थगित भएको थियो । परिषदका सदस्य एवं प्रतिपक्षी नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बोगटीको निधन भएका कारण आउन नसक्ने भएपछि सोमबारको बैठक स्थगित भएको थियो ।

No comments:
Post a Comment