Wednesday, September 17, 2014

नयाँ ट्रयाकमा मालबहाक कन्टेनर, चीनबाट दसैंका लागि कपडा आयो

September 17
नयाँ ट्रयाकले अवरुद्ध अरनिको राजमार्ग जोडेपछि व्यापारीले मंगलबारबाट मालबाहक कन्टेनर भ्यान सञ्चालनमा ल्याएका छन्।
आजको नागरिक दैनिक लेख्छ दसैं लक्षित चिनियाँ सामग्री बोकेर ट्रयाकमा गुड्दै एकै दिन ३५ कन्टेनर राजधानी भित्रिएका छन्। यससँगै ढिलै भएपनि चाडबाडमा चिनियाँ सामग्री सहज आपूर्ति हुने विश्वास निजी क्षेत्रले गरेको छ।
कान्ले पहिरो ४५ दिनदेखि टुटेको चीन जोड्ने राजमार्ग सम्पर्क ट्रयाकले स्थापित गरेपछि सोमबारबाटै साना तथा मझौला यातायात साधन तातोपानी–काठमाडौं वारपार गर्न थालेपनि व्यापारीले औपचारिक रुपमा समारोह नै गरेर मालबाहक कन्टेनर सञ्चालनमा ल्याएका हुन्। नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष प्रदीपजंग पाण्डेले कन्टेनर सञ्चालन शुभारम्भ गरे। राजधानीदेखि पहिरो क्षेत्रबाट खोलिएको ट्रयाकमा गाडीमा गुड्दै उनी राम्चे पुगेका थिए।
नेपाल–चीन कारोवार र स्थानीय समस्यालाई ध्यान दिंदै आफ्नै पहल र प्रयत्नमा राजमार्ग सञ्चालनमा ल्याएको भन्दै उनले निजी क्षेत्रलाई धन्यवाद दिए। निजी क्षेत्र सरकारको सहयोगी पनि हो। यो तथ्य यहाँका व्यापारिले आत्मसात गर्दै पूरा गरेका छन्, मालबाहक कन्टेनर भ्यान सञ्चालन गर्दै भने। पहिरोले दैनिक १३ करोड रुपैयाँका चिनियाँ सामग्री आयात हुने राजमार्ग अवरुद्ध हुँदै सबैभन्दा ठूलो मार निजी क्षेत्रका साथै मध्यमबर्गीय नेपाली उपभोक्ताले खेप्दै आएका थिए।

No comments: