Saturday, September 6, 2014

ब्लडक्यान्सर पीडित भुवन घर्तीलाई ७५ हजार हस्तान्तरण

September 5
काठमाडौं । करिब १ बर्षदेखि ब्लडक्यान्सर जस्तो प्राणघातक रोगबाट तड्पिरहेका रोल्पा राङसीका ११ वर्षका बालक भुवन घर्ती मगरलाई दाङ-देउखुरी प्रवासी संघ समाजले आर्थिक सहयोग गरेको छ ।
 sahayog
 समाजले पत्रकार सम्मेलन गरी भुवनलाई ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । भुवन बचाउ अभियान सञ्चालन गरेर जम्मा भएको रकम समाजका प्रथम उपाध्यक्ष नुमाकान्त सुवेदीले हस्तान्तरण गरेका हुन् ।

 रकम हस्तान्तरण गर्न पाउदाँ आफुहरु निकै खुसी लागेको भन्दै सुवेदीले उनको जीवन रक्षाका लागि आफूहरु निरन्तर लागिरहने बताए । कार्यक्रममा चर्चित संगीतकार सन्तोष श्रेष्ठ लगायत कलाकारहरुको पनि उपस्थित रहेको थियो ।

No comments: