September 5
रुकुम । तीज मनाउन माइत हिँडेकी एक महिलाको शव १२ दिनपछि भेटिएको छ ।
गरायला-४ घर भई दुली गाविस माइत हिँडेकी २७ वर्षकी विमला ओलीको शव गरायला-९ स्थित मूलपानी जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।
भदौ ९ गते तीज मनाउन विमला श्रीमान्सँगै माइत हिँडेकी र उनका श्रीमान् प्रजित ओली छोरालाई मात्रै लिएर घर फर्केपछि उनी शङ्काको घेरामा परेका थिए ।
स्थानीयले केरकार गरेपछि भाग्ने क्रममा प्रहरीले प्रजितलाई पक्रेको थियो । प्रजितको बयानको आधारमा प्रहरी र स्थानीयले विमलाको शवको खोजी जारी राखेका थिए ।
महिलाको शव १२ दिनपछि भेटिएको र परीक्षण गर्न नसक्ने अवस्थामा रहेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए ।

No comments:
Post a Comment