Saturday, September 6, 2014

नेयमारको गोलमा ब्राजिलले कोलम्बियालाई हरायो

September 5
काठमाडौं । नेयमारको गोलको मदतमा ब्राजिलले कोलम्बियालाई पराजित गरेको छ ।
Neymar-2Neymar-2
शनिबार विहान भएको मैत्रिपूर्ण खेलमा ब्राजिलले १० खेलाडीमा सिमित कोलम्बियामाथि १–० को जित निकालेको हो ।

 दोस्रो हाफको सुरुमा कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । ४९ औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएका क्वान कदरदो मैदानबाट बाहिरिए ।

 खेलको ८३ औं मिनेटमा नेयमारले फ्रि किकमार्फत उत्कृष्ट गोल गर्दै ब्राजिललाई जित दिलाए । कोलम्बियाले राडामेल फल्काओलाई ७७ औं मिनेटमा रोड्रिग्वेजको स्थानमा बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गराएको थियो ।

यसअघि घरेलु मैदानमा भएको विश्वकपको क्वाटरफाइनलमा ब्राजिलले २–१ को जित निकालेको थियो ।

No comments: