Thursday, September 4, 2014

काठमाडौ । नेपाल विद्युत प्राधिरणले सीमान्तकृत समुदायलाई निःशुल्क विजुली जडान गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७१/०७२ का लागि ८ करोड रुपैंयाँ बजेट विनियोजन गरेर दलित, अति विपन्न लगायत सीमान्तकृत समुदायलाई निःशुल्क विजुली जडान गर्ने भएको हो । प्राधिकरणको आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सीमान्तकृतका लागि कार्यक्रम गर्न लागेको जनाएको छ । प्राधिकरणले वितरण लाइन विस्तार तथा मीटर जडान सहुलियत आयोजना अन्तर्गत देशभरीका सीमान्तकृत समुदायका लागि निःशुल्क विजुली जडान गर्ने कार्यक्रम अघि सारेको निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिएको राजधानी दैनिकमा खबर छ । ‘तारदेखि मीटर जडानसम्म प्राधिकरणले निःशुल्क रुपमा जडान गर्ने कार्यक्रम छ,’ पाण्डेले भने, ‘ग्राहक तथा वितरण निर्देशनालय अन्तर्गतका आठ क्षेत्रीय कार्यालयमा १/१ करोड रुपैंयाँ छुट्टाएर कार्यक्रम अघि बढाउँछौं ।’ प्राधिकरणका अनुसार आठ क्षेत्रीय कार्यालयले आफ्ना वितरण केन्द्रहरुको मागको आधारमा बजेट दिएर ती समुदायमा निःशुल्क बिजुली जडान गर्ने प्रवन्ध गर्नेछ । कार्यक्रम अन्तर्गत दलित, निरपेक्ष समुदायलाई पोल, तार, मीटरलगायतका बिजुली जडानका लागि सवै उपकरण र आवश्यक खर्च प्राधिरकणले निःशुल्क रुपमा दिने योजना छ । प्राधिरकणका अनुसार स्टिल पोल राखिने क्षेत्रमा सरदर १२ हजार रुपैंयाँ बराबरको उपकरण सीमान्तकृत समुदायले निःशुल्क पाउनेछन् । प्राधिकरणले सीमान्तकृत जातजातिका सर्वसाधारणले निःशुल्क बिजुली जडानको सुविधाको लागि ती समुदायसँग सम्बन्धित संघ/संस्था तथा निकायमा समेत पत्र पठाएर अनुरोध गर्ने प्राधिकरणले जनाएको छ ।

September 3 काठमाडौ ।
 नेपाल विद्युत प्राधिरणले सीमान्तकृत समुदायलाई निःशुल्क विजुली जडान गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७१/०७२ का लागि ८ करोड रुपैंयाँ बजेट विनियोजन गरेर दलित, अति विपन्न लगायत सीमान्तकृत समुदायलाई निःशुल्क विजुली जडान गर्ने भएको हो ।All about light: from bulbs to art प्राधिकरणको आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सीमान्तकृतका लागि कार्यक्रम गर्न लागेको जनाएको छ । प्राधिकरणले वितरण लाइन विस्तार तथा मीटर जडान सहुलियत आयोजना अन्तर्गत देशभरीका सीमान्तकृत समुदायका लागि निःशुल्क विजुली जडान गर्ने कार्यक्रम अघि सारेको निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिएको राजधानी दैनिकमा खबर छ । ‘तारदेखि मीटर जडानसम्म प्राधिकरणले निःशुल्क रुपमा जडान गर्ने कार्यक्रम छ,’ पाण्डेले भने, ‘ग्राहक तथा वितरण निर्देशनालय अन्तर्गतका आठ क्षेत्रीय कार्यालयमा १/१ करोड रुपैंयाँ छुट्टाएर कार्यक्रम अघि बढाउँछौं ।’ प्राधिकरणका अनुसार आठ क्षेत्रीय कार्यालयले आफ्ना वितरण केन्द्रहरुको मागको आधारमा बजेट दिएर ती समुदायमा निःशुल्क बिजुली जडान गर्ने प्रवन्ध गर्नेछ । कार्यक्रम अन्तर्गत दलित, निरपेक्ष समुदायलाई पोल, तार, मीटरलगायतका बिजुली जडानका लागि सवै उपकरण र आवश्यक खर्च प्राधिरकणले निःशुल्क रुपमा दिने योजना छ । प्राधिरकणका अनुसार स्टिल पोल राखिने क्षेत्रमा सरदर १२ हजार रुपैंयाँ बराबरको उपकरण सीमान्तकृत समुदायले निःशुल्क पाउनेछन् । प्राधिकरणले सीमान्तकृत जातजातिका सर्वसाधारणले निःशुल्क बिजुली जडानको सुविधाको लागि ती समुदायसँग सम्बन्धित संघ/संस्था तथा निकायमा समेत पत्र पठाएर अनुरोध गर्ने प्राधिकरणले जनाएको छ ।

No comments: