Thursday, September 4, 2014

सार्क सम्मेलनलाई घोडा सवारीको व्यवस्था

September 4
, काठमाडौ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन आउन तीन महिनाअघि नै सरकारले सुरक्षा सतर्कताप्रति चासो देखाएको छ । नेपाल प्रहरीले बुधवार सार्क सुरक्षाको विषयलाई लिएर ब्यवस्थापन र तयारीबारे गृह मन्त्रालयमा छलफल गरेको हो ।Saarc

 सार्क राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरु आउने भएकाले शिखर बैठक सुरक्षाको दृष्टिले चुनौतीपूर्ण रहेको ठहर गर्दै प्रहरीले चासो राखेर त्यसको तयारीबारे सरकारका उच्च अधिकारीलाई जानकारी गराएको प्रधान कार्यालयले जनाएको राजधानी दैनिकमा खबर छ । सार्क सम्मेलनमा भारतको प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, श्रीलंकाका राष्ट्रपति महिन्द्र राजापाक्षे, अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई, बंगलादेशको प्रधानमन्त्री बेगम खालिदाजिया, माल्दिभ्सका राष्ट्रप्रमुख अब्दुल्लाह यामिन र भुटानका प्रधानमन्त्री छिरिङ् तोग्वे सहभागी हुँदे छन् । यसैगरी, सार्क सम्मेलनमा पर्यवेक्षकका रुपमा चीनको पनि सहभागिता रहनेछ ।

 नेपाल प्रहरीको कार्यविभागले सार्क शिखर सम्मेलन तयारी र ब्यवस्थापनबारे मन्त्रालयमा बि्रफिङ् गरेको छ । सार्कशिखर सम्मेलनअघि सार्क राष्ट्रका गृहमन्त्रीस्तरीय बैठक बस्ने भएकाले पनि प्रहरी प्रधान कार्यालयले सुरक्षा ब्यवस्थापनबारे मन्त्रालयमा बि्रफिङ् गरेको हो ।

 गृह मन्त्रालयले सार्कस्तरीय गृहमन्त्रीहरुको बैठकको तयारी गरिरहेको अवस्थामा प्रहरीले उनीहरुको सुरक्षाको ब्यवस्थापनका सम्बन्धमा आफ्नो तर्फबाट जानकारी गराएको हो । प्रहरी प्रधान कार्यालयले प्रारम्भिक प्रस्तावमा सवारी रुटको ब्यवस्थापन, आवास, बैठकस्थल, गाडी तथा घोडाको सवारीजस्ता विषयमा ब्रिफिङ् गरेको हो । प्रधान कार्यालयका कार्यविभाग प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) गणेश राई र एसएसपी माधव नेपालले प्रधान कार्यालयको सुरक्षा योजनाको विषयमा मन्त्रालयका अधिकारीहरुलाई बि्रफिङ् गर्दै कार्ययोजनासमेत पेस गरेका थिए ।

No comments: