CPN_UML_office
पछिल्लोपटक अध्यक्ष ओलीले पार्टीको कोटामा सभासद् मनोनीत भएका आठजनाको नाम सिफारिस गर्दा एकलौटी गरेको भन्दै नेपाल पक्ष आक्रमक रुपमा प्रस्तुत भएको छ । सोमबार बसेको पदाधिकारी बैठकमा नेता नेपालले ‘पेलेर जान खोजेको भए आफू भिड्न तयार रहेको’ भन्दै अध्यक्ष ओलीलाई चुनौती दिएका छन् भने उनी पक्षकै सचिव योगेश भट्टराईले सार्वजनिक रुपमै ओलीको खोइरो खनिरहेका छन् । ओलीको कार्यशैली पार्टी चलाउनेभन्दा एकलौटी रुपमा पेलेर जाने र गुट बलियो बनाउने देखेको अारोप लगाएको नयाँ पत्रिकामा खबर छ ।
सबैका आ-आफ्नै रणनीति
आन्तरिक विवाद बढ्दै गएपछि अध्यक्ष ओली र नेता नेपाल दुवै खेमा पार्टीभित्र बलियो बन्ने आ-आफ्नै दाउमा लागेका छन् । दुबै खेमाले विधान सम्पादन, कार्यविभाजन र पोलिटव्युरो तथा स्थायी समिति चयनमा ध्यान केन्द्रित गरेका छन् । सभासद् मनोनयन र संसदीय समिति सभापति चयनमा एकलौटी गरेको मुद्दा उठाएर स्थायी समिति र पोलिटव्युरो निर्वाचन आफ्नो पक्षमा पार्ने रणनीति नेपाल खेमामा छ । यो खेमा महाधिवेशनबाट पारित पोलिटव्युरो सदस्य बन्नका लागि एक कार्यकाल केन्द्रीय सदस्य भएको हुनुपर्ने व्यवस्था विधानमा हुबहु राख्नुपर्ने पक्षमा छ । ओली खेमाका धेरै केन्द्रीय सदस्य नयाँ भएकाले यो व्यवस्था लागू हुँदा पोलिटब्युरोमा आफू बलियो हुने नेपाल खेमाको बुझाइ छ । उता, अध्यक्ष खोली खेमाले भने पोलिटव्युरोमा जानका लागि एक कार्यकाल केन्द्रीय सदस्य रहनैपर्ने प्रावधान जस्ताको तस्तै राख्ने भए स्थायी समितिमा पुग्न पदाधिकारीले पनि चुनाव लड्नुपर्ने तर्क गरिरहेको छ ।
No comments:
Post a Comment