कारोबार दैनिकले ‘६ लाख मेटि्रक टन चामल अपुग’ रहेको खबरलाई प्रमुख खबर बनाएको छ । गत वर्ष मौसम अनुकूल भएपछि देशभरका नेपालीले उपभोग गर्ने अन्नभन्दा ७ लाख ८९ हजार ७ सय २ मेटि्रक टन बढी खाद्यान्न अपुग भए पनि चामल आयातमा २३ अर्ब रुपैंयाँ बाहिरिएको छ । यस्तै, अमेरिकी अदालतबाट राष्ट्र बैंकको पक्षमा फैसला, बजेट पास नहुँदा पीडीए रोकियो, कर छल्ने र्फमलाई ५.३९ करोड जरिवाना, एलजीसीडीपीमा अनियमितता, बिमा समितिको छानबिन प्रतिवेदन अर्थमा, स्वीस अर्थतन्त्र विश्वकै सर्वाधिक प्रतिष्पर्धी लगायतको खबर कारोबार दैनिकमा छ ।
नागरिक दैनिकले ‘तेल चोर जोगाउन हडताल शीर्षकमा मुख्य खबर छापेको छ । तेल चोरीमा मुछिएका साथी छुटाउन नेपाल पेट्रोलियम ट्याङ्कर ढुवानी ब्यवसायी महासंघले हडतालको चेतावनी दिएको छ । महासंघको सल्लाहकार चोपनारायण श्रेष्ठविरुद्ध प्रहरीले जारी गरेको पक्राउ पूर्जी फिर्ता गराउन महासंघले हडतालको सहारा लिएको हो । यस्तै, ठूला चाडपर्वमा आपूर्ति रोक्दै ग्याँस ब्यवसायी, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको रि-रेगुलेटिङ ड्याम बनाउन जीएमआर तयार, २३ ब्राण्डका सवारी प्रदर्शनीमा लगायतको खबर नागरिक दैनिकमा छ ।
अन्नपूर्ण पोष्टले नेपालको ब्यवसायिक प्रतिष्पर्धामा सुधार आएको विषयलाई मुख्य खबर बनाएको छ । नेपालको ब्यवसायिक प्रतिष्पर्धी क्षमतामा विगत एक वर्षयता सामान्य सुधार आएको छ । वल्र्ड इकोनोमिक फोरमले बुधवार विश्वभर सार्वजनिक गरेको विश्व ब्यवसायिक प्रतिष्पर्धा प्रतिवेदनमा सुधार आएको देखिएको हो । यस्तै, बेरुजु फस्र्यौट नगर्नेलाई बजेट रोक्ने निर्णय, अलैंची प्रतिमन ७७ रुपैयाँ, बिमामा खुकुलो ब्यवस्था, प्राकृतिक प्रकोपका कारण विकास खर्चको एक तिहाइ क्षति लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।
No comments:
Post a Comment