Saturday, September 6, 2014

मेनुकालाई गार्‍हो लाग्छ सुनाउन तन्नेरीलाई

September 5
मेनुका राईले गाउन सुरु गरेको दशक पूरा हुन लाग्यो । १७० भन्दा बढी गीत गाएकी छिन् । ५ वटा त भिडियो नै बनाइसकिन । त्यो पनि तत्कालिन समयमा चर्चामा आएका मोडलहरु राखेर । कुनै समय अत्याधिक चर्चामा आएकी पूजा लामा देखी पछिल्लो समयकी ग्ल्यामरस भनिएकी खुश्बु खड्का समेतले अभिनय गरिसकेका छन् मेनुकाले गाएको गीतमा । menuka
अबका दिनमा स्वर, संगीत र शब्द राम्रो हुँदैमा गीत चल्छ भन्ने लाग्दैन उनलाई । मेनुकाको बुझाईमा अहिले तन्नेरी पुस्ता असाध्यै चनाखो छन् । उनिहरु हिन्दी, अग्रेजी, कोरियन लगायत सबै खालका गीत सुन्छन् र नेपाली गीतमा पनि त्यहि शैलिको स्तरीयता अपेक्षा गर्छन् ।

तन्नेरी पुस्ताका केटाकेटीलाई चित्त बुझ्ने गीत गाउन गार्‍हो भएको उनको बुझाई छ ‘अब हेर्नुस् जस्तो तस्तो गीत गाएर हुँदैन । केटाकेटीलाई साँच्चीकै मन पर्ने गीत गाउन जो सुकैले सक्दैन ।’ सुन्ने स्रोता र हेर्ने दर्शक चुजी भएपछि सर्जकहरु झन बढी चनाखो हुनुपर्ने उनको बुझाई छ ।

आफ्नो ठाउँमा सर्जकहरुले राम्रै मेहनत गरेपनि प्राविधिक बिस्तारले गायक गायिकालाई मारमा पार्‍यो भन्न उनि पनि पछि परिनन् । रोएल्टीको वारेमा हल्ला ठुला भएपनि आम्दानी झिनो भएको अनुभव गरेकी छिन् उनले ।

 एउटा एल्बममा दशथरी गीत
पछिल्लो पटक ‘जुनतारा’ नामको एल्बम लिएर आएकी मेनुकाले एउटै एल्बममा आठवटा गीत राखेकी छिन् । जबकि अहिले धेरैले एउटा एल्बममा ५ भन्दा बढी गीत राख्दैनन् । आठवटा गीत के का लागि भन्ने प्रश्नमा मेनुका भन्छिन ‘कुन दर्शकलाई कस्तो गीत मनपर्छ भन्न सकिन्न त्यहि भएर धेरै गीत राखेको ।’ विभिन्न दर्शकको चाहनालाइ ध्यानमा राखेर संगीतमा पनि भेराईटि दिएको बताउने मेनुका एल्बम बेचेर लगानी उठाउने हो भने पुस सेल गर्नुको विकल्प छैन भन्छिन ।

No comments: