Saturday, September 6, 2014

सुन्को मुल्य घट्ने सन्केत्-हजार रुपयाले सस्तियो सुन

September 5
काठमाडौं । यस साता सुनचाँदीको भाउ क्रमशः ओरालो लागेको छ । यसबीचमा सुनको भाउ तोलामा हजार रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँ घटेको छ ।
gold
साताको पहिलो दिन तोलाको ५३ हजार ६ सय रुपैयाँमा किनबेच भएको सुन अन्तिम दिन शुक्रबार ५२ हजार ६ सय रुपैयाँमा किनबेच हुन पुग्यो । त्यस्तै, आइतबार तोलाको ८ सय रुपैयाँमा किनबेच भएको चाँदी शुक्ररबार ७ सय ९० रुपैयाँमा किनबेच भएको छ ।

 अमेरिकी अर्थतन्त्र आशातीत भन्दा बढि सुढृढ हुँदै अमेरिकी डलर १३ महिना यताकै बलियो स्थितिमा पुगेपछि सुरक्षित लगानीको बिकल्प मानिएको सुनको मागमा विश्वव्यापी रुपमा कमी देखा परेको छ । यसैबीच युक्रेनको भू-राजनीतिक तनाव युद्धबिराम सँगसँगै अन्त्य हुने आँकलनले पनि सुनको मागमा कमी आएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 इजरायल- हमास द्वन्द्व पनि युद्ध बिरामको कारण बन्दको स्थितिमा रहनु लगायतको कारणले शेयर बजारलाई फाइदा पुर्‍याएको छ भने लगानीेको अन्तिम विकल्पको रुपमा रहेको सुनको मागमा धक्का पुर्‍याएको छ । युरोपियन केन्द्रीय बैंकले व्याजदर शुन्यको हाराहारीमा राखी राख्नु, समस्त युरोपको कुल ग्राहस्थ उत्पादनमा केवल मन्द गतिको सुधारले पनि सुनको माग बढाउन सकेन ।

 युरोपियन संघीय बैंकले पनि अमेरिकी संघीय बैंकको नक्कल गर्दै ऋण पत्र खरीदको कार्यक्रममा कटौती गर्ने घोषणा गर्नाले पनि शेयर बजारलाई नै फाइदा पुर्‍याएको छ । अमेरिकी गैह्र कृषि क्षेत्रको बेरोजगारी दर बढेको देखिए पनि बैंकिङ ब्याजदर बढ्ने संकेतले गर्दा पनि सुनको माग बढ्न नसकेको बताइएको छ ।

आगामी हप्ता युक्रेन-रसिया एवं इराक र सिरियाको भू-राजनीतिक तरल अवस्थाले समेत सुनचाँदीको मूल्यलाई प्रभाव पार्नेछ । डलर बलियो रहने क्रम यथावत रहेमा आगामी हप्ता पनि सुनचाँदीको मूल्य क्रमशः ओरालो लाग्ने आँकलन व्यवसायीहरुले गरेको छन् ।

No comments: