Tuesday, September 9, 2014

सुशीललाई रामचन्द्रको ट्वीटे जवाफ : गुटवन्दी नहोस् भनेर वीपी विचार यात्रा

September 9
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूविरुद्ध गुटवन्दी गरेको लगाउने प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालालाई समाजिक सन्जाल ट्वीटर मार्फत जवाफ फर्काएका छन् । Ramchandra PaudelRamchandra Paudel
पौडेलले मंगलबार ट्वीट गर्दै पार्टीमा गुटवन्दी र भागवण्डाको राजनीति नहोस् भनेर नै वीपी विचार यात्रा सुरु गरेको बताएका छन् । उनले लेखेका छन्-वीपीको विचार कांग्रेसले नबिर्सियोस्, गुटबन्दी र भागवन्डाको राजनीतिमा नअलमलियोस् भनेर वीपी विचार यात्रा सुरु गरिएको हो ।’

 सोमबार संसदीय दलको बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति पौडेलले आफूविरुद्ध गुटबन्दी गरेको भन्दै आक्रोस पोखेका थिए । कोइरालाले वीपी विचार पदयात्राबारे आफूलाई थाहा नभएको भन्दै पौडेलप्रति कटाक्ष गरेका थिए ।
 View image on Twitter
पौडेल नेतृत्वको नीति तथा प्रशिक्षण प्रतिष्ठानले पदयात्रा आयोजना गरेको हो । पौडेलले ट्वीटर मार्फत जवाफ दिए पनि कोइराला ट्वीटर र फेसबुकमा छैनन् ।

No comments: