September 9
नेपालगञ्ज । साउनको अन्तिम हप्ता आएको बाढीका कारण भत्केर अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्गको कोहलपुर-कुसुम सडकखण्ड २६ दिनपछि सूचारु भएको छ । बाढीले सडक खण्डको पोरुवा खोलाको पुल नजिकै करिव २५ मिटर लामो बाटो भत्काएको थियो ।
बाटो भत्किएपछि बनाइएको डाइभर्सन बाटोबाट खोला तर्ने क्रममा एक अमेरिकी नागरिकको बगेर मृत्यु भएको थियो । सडक तत्कालै मर्मत गरेर सहज बनाउन सकिने भएपनि सडक विभागको मध्यपश्चिमाञ्चल डिभिजन कार्यालय नेपालगञ्जको आलेटाले प्रबृत्तिका कारण लम्बिएको थियो ।
मंगलबार झण्डै ६ घन्टामा बाटो बनाइएको छ । कालिका कन्सट्रक्सन प्रालिका निर्देशक युवराज क्षेत्रीले भने-‘हामीले त्यतिबेला पनि अनुमति र न्यनतम लागत सर्पोट पाएको ८ घण्टामा राजमार्ग सूचारु गर्छौं भनेका थियौं । आज २५ दिन पछि काम गर्ने अनुमति पाइयो र ६ घन्टामा नै राजमार्ग सुचारु गराई दियौं ।’
सडक बनाउनु अनुमति माग्दा टेण्डर प्रक्रियाबाट जानुपर्छ भन्दै आफुलाई सडकका प्राविधिकले हपारेको उनले सुनाए । राजमार्ग खुलाउन बाँकेका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीको पटक-पटकको प्रयासपछि सडक विभागले सोमबार अपरान्ह मात्र कालिका कन्सट्रक्सनलाई अनुमति दिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी वलीका अनुसार सडक बनाउन लागेको खर्च मध्ये ३ लाख नेपालगञ्ज उद्योग बाणिज्य संघ, जिविस बाँके तथा अन्य विभिन्न संघ संस्थाहरुबाट जुटाइएको छ भने बाँकी कालिका कन्सट्रक्सनले नै व्यहोर्ने गरी व्यवस्था मिलाएको छ ।
सडक विभाग नेपालगन्जका डिभिजनल ईञ्जिनियर मनोज श्रेष्ठले भने भत्केको बाटोको ठाँउमा यसै अर्थिक वर्षभित्र सम्पन्न हुने गरी २० मिटर लामो सिंगल स्पानको पुल निर्माण गर्ने योजना रहेको बताए ।

No comments:
Post a Comment