Sunday, September 7, 2014

सम्वाद समितिले संविधानसभा अध्यक्षलाई प्रतिवेदन बुझायो

September 7
काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई प्रतिवेदन बुझाएका छन् । सहमति भएका र टुङ्गो लाग्न बाँकी विषय सहितको प्रतिवेदन अब संविधानसभाको पूर्ण बैठकमा पेश हुनेछ ।

संविधानभाको बैठक २५ गते बोलाउने सचिवालयको तयारी छ । सम्वाद समितिको शनिबारको बैठकले टुङ्गो लाग्न बाँकी विषयमा थप छलफल आवश्यक भएको सुझावसहित प्रतिवेदन बुझाउने निर्णय गरेको थियो ।

प्रतिवेदन बुझ्दै सभाध्यक्ष नेम्वाङले सविधानसभा नियमावली र कार्यतालिका बमोजित प्रतिवेदनलाई अगाडि बढाउने बताए । उनले भने-‘प्रतिवेदनमा संविधानसभामा छलफल हुन्छ । मिलेका विषयमा मस्यौदा समितिमा पठाइन्छ भने असहमतिलाई नियमावली अनुसार टुङ्गो लगाइनेछ ।’

असहमतिको विषयलाई पुनः सम्वाद समितिमा पठाउन सक्ने भन्दै उनले यसरी पठाउँदा निश्चित समय तोक्ने बताए । सम्वाद समितिका सभापति डा. भट्टराईले सहमतिको धेरै नजिक पुथेको भए पाि समयले नभ्याएको बताए ।

No comments: