Sunday, September 7, 2014

आन्दोलन गर्नेहरु सुपारी व्यवसायी नै नभएको दावी

September 7
काठमाडौं । नेपाल सुपारी खेति विकास संस्थाले सुपारी निर्यात गर्दा एकाधिकार कायम गरेको भन्दै झापा र मोरङका व्यवसायीहरुले गरेको आन्दोलनको औचित्य नभएको बताएको छ ।

आइतबार नेपाल सुपारी खेति विकास संस्था र यसमा आवद्ध संघसंस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य महासंघ परिसरमा धर्ना बस्नेहरु किसान तथा व्यवसायीहरु नभएका आरोप लगाएको छ ।

उत्पत्तिको प्रमाणपत्र नपाएको भन्दै झापा र मोरङका व्यवसायीहरुले केही दिनदेखि उद्योग वाणिज्य महासंघमा धर्ना दिएका छन् । नेपाल सुपारी उत्पादक तथा व्यवासयी संघ, झापाका अध्यक्ष अर्जुन कार्कीले भने-नामै नसुनेका व्यवासायीहरु आन्दोलनमा उत्रिएको देख्दा हामीलाई आश्चर्य लागेको छ ।’

 उनले धर्नामा बसेकाहरुलाई सुपारी व्यवसाय के हो र वास्तविक कृषक को हुन् भन्ने पहिचान गर्न कृषक तथा व्यवसायीको हकहितमा आन्दोलन गर्न सुझाव दिए ।

काठमाडौंमा आन्दोलन गर्दैमा झापाका सुपारी किसान तथा व्यवसायीहरुको हित नहुने कार्कीको दावी छ । नेपाल उद्योग बाणिज्य महासंघ पूर्वाञ्चलका झापाका प्रतिनिधि विमल आचार्यले पनि आन्दोलकारीलाई झापामै सरोकारवालाहरुसँग छलफल गरी समस्याको समाधान गर्न सुझाव दिएका छन् ।

No comments: