September 17
कान्तिपुर मिडिया ग्रुपका प्रवन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक सोस्तिका सिरोहिया, कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा र सम्वाददाता घनश्याम खड्काले अदालतको मानहानी मुद्दामा मंगलबार लिखित जवाफ बुझाएका छन्।
कान्तिपुरमा प्रकाशित समाचारले अदालको मानहानी भएको भनी परेको रिटमा सर्वोच्चले यी चार सहित कान्तिपुरका स्तम्भकार बिजयकुमारसँग जवाफ मागेको थियो।
विजयकुमारले अघिल्लो साता नै जवाफ बुझाएका थिए। सिरोहिया, शर्मा र खड्कालाई स्वयम् उपस्थित भएर बयान दिन भनेकोमा चार दिनअघि प्रधानन्यायाधिश दामोदरप्रसाद शर्मा र जगदिश शर्माको इजालसले लिखित जवाफ दिएपनि हुने आदेश दिएको थियो।
यस्तो थियो कान्तिपुर विरूद्ध लागेको मुद्दा-
पत्रकार विजयकुमार, सुधीर शर्मा र कैलाश सिरोहियालाई मुद्दा
विजयकुमारले बुझाएको जवाफ तुरुन्त मिडियालाई उपलब्ध गराएको कान्तिपुरले आज बुझाएको चार जनाको बयान भने सार्वजनिक गर्न मानेन।
स्रोतका अनुसार कान्तिपुर विरूद्ध लागिरहेका समूहले यो लिखित जवाफमा पनि खोट निकालेर कान्तिपुरलाई प्रहार गर्ने ठानेर जवाफ सार्वजनिक नगरेको हो।
No comments:
Post a Comment