Monday, September 8, 2014

कांग्रेस बैठकमा कोइराला र देउवाको भनाभन नेताले नाटक देखाएको भन्दै सभासदको होहल्ला

September 8
काठयमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाट सरकार तथा पार्टी सञ्चालनमा असहयोग भएको आरोप लगाएका छन् । कांग्रेस संसदीय दलको सोमवारको बैठकमा आक्रोशित मुद्रामा प्रस्तुत भएका कोइरालाले पार्टी र सरकार सन्चालनमा आफूलाई असहयोग भएको बताएका हुन् ।
 फाइल फोटो
 कोइरालाको भनाइ उधृत गर्दै कांग्रेसका एक सभासदले भने-शेरवहादुरजी ग्रुपिजम नगर्नुस्, पार्टीलाई एकढिक्का बनाउन मैले जे त्याग गर्नुपरे पनि गर्छु भनेकै छु ।

वीपी बिचार यात्रा गर्दा पनि मलाई जानकारी दिइएन ।’ बीपी विचार पदयात्रा रामचन्द्र पौडेल नेतृत्वको नीति तथा प्रशिक्षण समितिले आयोजना गरेको थियो । त्यस्तै देउवाले कांग्रेसका विद्रोही वकिलको भेला उद्घाटन गरेकोमा कोइराला रुष्ट भएका थिए ।

‘म निर्वाचित सभापति र निर्वाचित प्रधानमन्त्री हो, मलाई काम गर्न दिनुस्, ग्रुपिजम नगरौं’ कोइरालाको भनाइ थियो । बैठकको शुरुमै आफ्नो भनाइ राखेर अन्त काम छ भन्दै कोइराला हिँडेपछि केही सभासदले होहल्ला गरे ।
 शंकर भण्डारी, रामहरी खतिवडालगायतले दलको नेता नै बैठक छाडेर हिँडेको भन्दै सांसदले खेल्नुपर्ने भूमिका, अहिलेसम्मका सहमति केही पनि जानकारी नभएकोमा आक्रोश पोखेका थिए । कोइराला हिँडेपछि देउवाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आफूले कोइरालालाई पूर्ण रुपमा सहयोग गरेको बताए ।

 ‘तपाई सभापति पनि हो, प्रधानमन्त्री पनि तपार्इ नै हो, के गर्नु भएको छ तपार्इले नै जान्ने कुरा हो, तर मैले पूर्ण रुपमा सहयोग गरेको छु’ देउवाको भनाइ उधृत गर्दै एक सभासदले भने ‘डीएलएमा धेरै साथीहरु छुटेका थिए उनीहरुले बोलाएको कार्यक्रममा गएको हुँ ।

’ बैठकमा उपसभापति रामचन्द्र पौडेलले संवैधानिक राजनीतिक संवाद समितिमा भएका सहमतिका बारेमा जानकारी गराएका थिए । कोइराला हिँडेपछि सभासदहरुले नेतृत्व गैरजिम्मेवार भएको भन्दै नेताहरुले नाटक देखाएको आरोप लगाएपछि होहल्ला भएको थियो । त्यसपछि बैठक मंगलवारसम्मलाई स्थगित भएको छ ।

No comments: