Thursday, September 4, 2014

जापानी मन्त्रिमण्डलमा पाँचजना नयाँ महिला

September 4
जापानको मन्त्रिमण्डलमा पाँचजना नयाँ महिला समावेश गरिएको छ । जापानी प्रधानमन्त्री सिन्जो अबेले बुधबार गर्नुभएको मन्त्रिपरिषदको विस्तारमा पाँच महिलालाई समावेश गरिएको छ ।युको ओबुची नवनियुक्त अर्थ, वाणिज्य र उद्योग मन्त्री जापानी मन्त्रिमण्डलमा सबैभन्दा बढी महिला सहभागी गराइएको यो नै पहिलो पटक भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । यो सरकारमा महिलाको सहभागिता प्रसंशनीय रहेको छ र समाजमा महिलाको सम्मानस्वरुप पहिलो पटक यतिधेरै महिला मन्त्रीहरुलाई सहभागी गराइएको छ– जापानी मन्त्रिपरिषदका प्रमुख सचिव योसिहिदे सुगाले बताउनुभयो । जापानी मन्त्रिपरिषदका १८ जना सदस्यमध्ये पाँचजना महिला राखिएको छ । उहाँले राजनीतिमा महिला सहभागिता बढाउने बारेमा बारम्बार आफ्नो धारणा सार्वजनिक गर्ने गर्नुभएको छ । उहाँले सन् २०२० सम्ममा जापानको राजनीति र व्यापारको उच्च तहमा महिलाको सहभागिता बढाउने बारेको नीति अख्तियार गरिने बताउने गर्नुभएको छ ।

No comments: