Saturday, September 6, 2014

डोटीमा जडिबुटीको निर्यात घट्दै ।

September 6
केहि समय जडिबुटीकोधेरैनै निर्यात गर्न सफल सुदूरपश्चिमको पहाडी जिल्ला डोटीबाट यसवर्ष भने जडिबुटीको निर्यात घटदै गएको छ । राष्ट्रिय वन तथा सामुदायिक बनबाट निर्यात हुने जडिबुटीको निर्यात बिगतका बर्षहरुको तुलनामा यसबर्ष निकैनै घट्दै गएको जिल्ला बन कार्यालय डोटीले जनाएको छ ।

 जिल्लाका बिभिन्न ठाउ तथा वनबाट जडिबुटीको निर्यात गर्दै आयको जिल्ला बन कार्यालय डोटीले जनाएको हो । पोहोरको साल ३ लाख ३५ हजार ९ सय ९२ किलो जडिबुटी मात्रै निर्यात भएको थियो । जिल्ला कार्यालय डोटीका सहायक बनअधिकृत दिनेश हुमागाईका अनुसार जसबाट १७ लाख ९९ सय हजार ४सय ४७ रुपैया राजस्व मात्र संकलन भएको थियो ।

जिल्लामा रहेका बिभिन्न सामुदायिक बनबिचको बिबाद तथा बन कार्यालयको महंगो राजश्वका कारण डोटीबाट बर्षेनी जडिबुटी निर्यातमा घट्दै गएको जडिबुटी व्यबसायी छपेश मल्लको बताउनुभयो आर्थिक बर्ष २०६६ र ०६७ मा जिल्लाका वनबाट कुल ४ लाख ५ हजार ८ सय ३७ किलो जडिबुटी निर्यात गरेर २६ लाख ४० हजार ८ सय ९५ रुपैयाँ संकलन गर्ने गरीएको जिल्ला बन कार्यालय डोटीले जनाएको छ।

No comments: