September 18
भाडा तिर्दातिर्दै हैरान हुनुभएको छ ? केही लाख रुपैयाँ जम्मा गर्न पनि सक्नुहुन्छ भने पोखरामा घर बनाउने सपना पुरा हुन सक्छ ।
आवासका लागि सहयोग समूह लुमन्तीले डेरामा बस्दै आएका व्यक्तिलाई लक्ष्य गरी पोखरामा दोस्रो चरणको आवास परियोजना सुरु गर्देछ । यो समाचार आजको नागरिक दैनिकमा छ । पोखरा १७ सीतापाइला र बिरौटामा सस्तो आबासको परियोजना सुरु हुन लागेको हो ।
लुमन्तीले धमाधम आवेदन संकलन गर्ने काम गरिहेको छ । यी दुई स्थानमा १ सय ६५ वटा घर बनाउने उसको योजना हो । सस्तो आवास चाहनेले कम्तीमा पनि साढे २ आना जग्ग खरिदका लागि ५ लाख रुपैयाँ खर्च गर्नुपर्छ ।
No comments:
Post a Comment