Thursday, September 18, 2014

संवैधानिक परिषदको बैठक आज

September 18
संवैधानिक परिषदको बैठक आज बोलाइएको छ । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष सुशील कोइरालाले बिहीबार बिहान बस्ने गरी परिषद बैठक बोलाएका छन् । तीन संवैधानिक निकाय मानव अधिकार आयोग, लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्न  बैठक बोलाइएको हाे ।
प्रधानमन्त्रीले तीन संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिको सिफारिस गर्नेबारेमा छलफल गर्ने लिखित एजेन्डासहित बैठक बोलाएको जानकारी परिषदका सदस्य एवं सभामुख सुवास नेम्वाङले दिए ।
प्रधानमन्त्रीले तीन संवैधानिक निकायमा नियुक्तिको सिफारिस गर्न सोमबार बोलाएको बैठक एमाओवादी नेता पोष्टबहादुर बोगटीको निधन भएका कारण स्थगित भएको थियो ।
अख्तियारमा एमालेले पूर्वगृहसचिव गोविन्द कुसुम, कांग्रेसले पूर्व उपमहालेखा नियन्त्रक बद्रीबहादुर कार्की र एमाओवादीका तर्फबाट पूर्व एआईजी अशोक श्रेष्ठको नाम चर्चामा आएको छ ।

No comments: