Wednesday, September 3, 2014

कलाकर्मीको बर्गीकरणमा कलाकार संघकै विरोध


September 3
नेपाल कलाकार संघले सरकारले गर्न लागेको कलाकर्मीको बर्गीकरणको बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।kalakar-sang-bigyapti अध्यक्ष नवल खड्काले जारी गरेको विज्ञप्तीमा कलाकारहरुको बर्गीकरण गर्न नहुने जनाइएको छ । संघका सल्लाहाकारहरुको उपस्थितीमा बसेको कार्यसमितीको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले गर्न लागेको बर्गीकरणको बिषयमा भने आधिकारिक जानकारी नआएसम्म धारणा नबनाउने निर्णय संघले गरेको छ । कलाकर्मीहरुको बर्गीकरणमा सबैभन्दा धेरै प्रभाव कलाकारहरुलाई नै पर्ने पक्का छ । कलाकार संघले नै यसको घुमाउरो शैलीमा विरोध गरेपछि बर्गीकरण केही प्रभावीत हुने देखिएको छ । नेपाल सरकारले एक कार्यदलको गठन गर्दै कलाकर्मीको ‘क’ र ‘ख’ बर्गमा बर्गीकरण गर्ने निर्णय गरेको हो ।

No comments: