Tuesday, September 2, 2014

नाष्टको उपकुलपतिमा जीवराज पोखरेल नियुक्त


September 2 काठमाडौं ।

 प्रधानमन्त्री सुशील कोइरालाले नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का उपकुलपतिमा प्रा. डा. जीवराज पोखरेललाई नियुक्त गरेका छन् । नाष्टका कुलपति समेत रहेका कोइरालाले पोखरेललाई ४ बर्षका लागि नियुक्त गरेका हुन् । उपकुलपति सिफारिसका लागि वातावरण मन्त्रीको समेमत कार्यभार सम्हालेका कोइरालाको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल र मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलको रहेको समिति बनेेको थियो । विज्ञान, प्रविधि र वातावरण मन्त्री पदेन नाष्टको सहकुलपति रहने प्रावधान छ ।

No comments: