Tuesday, September 2, 2014

बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन


September 2 काठमाडौं ।

 अर्थमन्त्री डा. रामशरण महतले अर्थ मन्त्रालय अन्तर्गतका शाखा प्रमुखहरुलाई बजेटको प्रभावकारी कार्यानवयन गर्न निर्देश्न दिएका छन् ।Finance-Minister-Meeting बजेट कार्यान्वयनका बारेमा बूँदागत कार्ययोजना माथि छलफल गर्दै सोमबार महतले कार्ययोजनालाई तत्काल अन्तिम रुप दिन निर्देशन दिए । नयाँ आर्थिक सुधारसँग सम्वन्धित सबै ऐन कानूनहरुलाई पुस यता नै मस्यौदा तयार गर्न निर्देशन दिए । उनले अपार्टमेन्ट खरिदमा गैरआवासीय नेपालीहरुलाई प्रोत्साहित गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिए । नयाँ बिचार भएका तर लगानीयोग्य पुँजी नभएका साना र मध्यम व्यवसायीहरुलाई उपलब्ध गराउने भनिएको स्टार्ट अप फण्डमा दाता संस्थाहरुको सहयोग पनि जुटाएर कोषलाई ठूलो बनाएर उद्यमशिलताको विकासमा उल्लेख्य भूमिका निर्बाह गर्न सकिने महतले बताए । सार्वजानिक संस्थानहरु बोझको रुपमा रहेकाले बन्द गर्ने, भाडामा दिने वा निजीकरण गर्ने भन्नेमा ठोस मोडल तयार गर्न निर्देश्न दिए । बजेटमा उल्लेख भएको कर पुनरावलोकन आयोग गठन, युवा स्वरोजगार कोषको पुनसंरचना, चोभारस्थित कन्टेनर डिपो निर्माणका बारेमा पनि सो अवसरमा छलफल भएको थियो । छलफलमा राजस्व महाशाखाका प्रमुख राजन खनाल, अनुगमन महाशाखाका प्रमुख रामशरण पुडासैनी, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख नवराज भण्डारी, बजेट महाशाखाका प्रमुख बैकुण्ठ अर्याल, प्रशासन महाशाखाका प्रमुख शिशिरकुमार ढुंगाना, अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी, संस्थान समन्वय महाशाखाका प्रमुख कृष्णप्रसाद देवकोटा लगायत मन्त्रालयका कर्मचारीहरु सहभागि थिए ।

No comments: