Tuesday, September 2, 2014

नेपाल यातयात व्यावसायी संघमा क्षेत्रीको उमेदवारी


September 2 काठमाडौं ।
 नेपाल यातयात व्यावसायी राष्ट्रिय महासंघको मंगलबारदेखि चितवनमा सुरु हुन लागेको चौथो महाधिवेशनमा अध्यक्ष पदमा केदार खत्री क्षेत्रीले आफ्नो उमेदवारी घोषणा गरेका छन् ।kedar-chhetri kedar-chhetriमहासंघको दुइ कार्यकाल वरिष्ठ उपाध्यक्ष भइसकेका क्षेत्री अरनिको यातयात सेवा समितिमा पनि दुई पटक निर्विरोध अध्यक्ष भइसकेका छन् । नेपाल ट्रक कन्टेनर व्यावसायी संघका संस्थापक महासचिव समेत रहेका क्षेत्रीलाई विभिन्न राजनीतिक दलहरुले समेत सर्मथन गरेका छन् । म समग्र यातयात व्यावसायी साथीहरुको प्रतिनिधित्व गर्दे अध्यक्षमा उमेदवारी घोषणा गरेको छु क्षेत्रीले भने-’मलाई सबै यातयात व्यावसायी साथीहरुले सहयोग गर्नुहुनेछ।’ देशका ७५ जिल्लाका यातयात व्यावसायी सर्मथनमा अध्यक्षमा उमेदावारी घोषणा गरेको उनले बताएका छन् ।

No comments: