September 3 काठमाडौं ।
एमाओवादीसहितका विपक्षी दलहरुले बुधबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेका छन् । चारबुँदे सहमति कार्यान्वयनको माग गर्दै विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । बुधबारको बैठक सुरु हुनासाथ सद्भावना पार्टीका सभासद लक्ष्मणलाल कर्णले आफूहरुले उठाएको माग सरकारले नसुनेको आरोप लगाए । सभामुख सुवास नेम्बाङले लामो समय सदन अवरुद्ध हुँदा जनताको आवाज सदनमा प्रवेश गर्न रोकिने बताए । सत्तापक्ष र प्रतिपक्षबीच गम्भीर छलफल भएको नदेखिएको भन्दै उनले चाडो सदनको अवरोध हट्ने अवस्था बनाउन ध्यानाकषर्ण गराएका छन् । संविधान निर्माणको प्रक्रिया एक मिनेट पनि रोकिने अवस्था आउन नहुने उनले बताए ।
No comments:
Post a Comment