Friday, September 12, 2014

स्कटल्यान्डलाई स्वतन्त्र बनाउन जनमत संग्रह हुँदै, बेलायत टुक्रिए विश्वभर तरंग

September 12
काठमाडौं । संयुक्त अधिराज्य बेलायतको एक हिस्सा स्कटल्यान्ड स्वतन्त्र देश हुने कि नहुने भन्ने मुद्दामा मतदान हुनु नौ दिनअघि गरिएको मतसर्वेक्षणले ‘स्वतन्त्र स्कटल्यान्ड’ पक्षमा बहुमत देखाएपछि विश्व ध्यान बेलायततिर तानिएको छ ।

 बेलायत टुक्रिँदा त्यसको तरंग विश्व अर्थतन्त्रमै पर्ने विश्लेषणसँगै सेप्टेम्बर १८ (असोज २ ) मा हुने जनमतसंग्रह सबैको चासोको विषय बनेको नागरिक दैनिकमा खबर छ । जनमतको परिणामले स्कटल्यान्डलाई स्वतन्त्र राष्ट्रका रुपमा पदार्पण गराए त्इसले बेलायत र समग्र विश्वमा कस्तो असर पर्ला भन्ने लेखाजोखा सुरु भइसकेको छ ।

 मतसर्वेक्षण सार्वजनिक भएपछि विश्वबजारमा बेलायती मुद्रा स्टर्लिङ पाउन्ड कमजोर बनेको सन्दर्भलाई सेप्टेम्बर १८ को सम्भावित परिणामसँग जोडेर हेर्न थालिएको छ ।

 स्कटल्यान्डलाई स्कटिस पहिचानका आधारमा स्वतन्त्र देश बनाउनुपर्ने पक्षमा ५० प्रतिशतभन्दा बढी मत आउने सर्वेक्षणको नतिजा सार्वजनिक भएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसहित प्रमुख दलका नेता उत्तरी क्षेत्रको भ्रमणमा निस्किएका छन् ।

No comments: