होण्डाका तीन मोडल
होन्डाले मेलामा नयाँ सिबिआर १५० आर प्रिमियम स्पोर्टी बाइक र एक्टीभा स्कुटर प्रर्दशनीमा राख्दै छ । यी नयाँ मोडल स्याकार टे्रडिङ प्रालीले मेलामा प्रर्दशनीमा मात्र राख्ने भएको छ । ग्राहकको प्रतिक्रियालाई आधार बनाएर नेपालमा यी मोडल बिक्रि सुरु गर्ने तयारीमा कम्पनी छ ।
हिरोका ५ नयाँ मोडल आउँदै
मेलामा हिरोले पाँचवटा नयाँ मोडलहरु प्रर्दशनीमा राख्ने भएको छ । हिरोले करिज्मा आर, करिज्मा जेडएमआर, एक्स्ट्रीम स्पोर्टस् प्यासन प्रो टीआर र स्पेलेन्डर प्रो क्लासिक मेलामा सार्वजनिक गर्न लागिएको छ । प्यासन प्रो टीआर पूर्णतया नयाँ मोडल हो भने अन्य ४ मोडलहरु अपग्रेड भर्सन हुन् । अपग्रेड भर्सनहरु नयाँ डिजाइन, आकर्षक फिचरमा उपलब्ध हुने बताइएको छ । कम्पनीका अनुसार २२३ सीसीको करिज्मा आरको २ लाख ५९ हजार, करिज्मा जेडएमआरको ३२० हजारको हारहारीमा पर्ने छ ।
एक्स्ट्रीम स्पोर्टसको मूल्य २ लाख ३३ हजारको हाराहारीमा रहेको छ । १५० सीसीको यो मोडलको अघिल्लो भर्सन ग्राहकले निकै मन पराइसकेका छन् । स्प्लेन्डर प्रो क्लासिक सय सीसीको बाइक हो । यसको मूल्य १ लाख ६४ हजार रुपैयाँ तोकिएको छ । प्यासन प्रो टीआर भने पूर्णतया नयाँ मोडल हो । सय सीसीको यो मोडलको मूल्य अझै आइनसकेको बज्राचार्यले बताए । यसको अलवमा हिरोnmे आई स्मार्ट, प्लेजर लगायतका मोडलहरु पनि मेलामा राख्दै छ ।
यामाह आर-६ र आर-१५ अपग्रेडेड भर्सनमा
मेलामा यामाहाले पनि नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा आर-६’ र ‘आर-१५’ न्यू रेसिङ ग्राफिक्स बाइक मेलामा प्रर्दशनी गर्ने भएको हो । दुबै बाइक अपग्रेडेड भर्सन भएपनि डिजाइन र सुविधाहरु परिवर्तन गरिएको छ । आर-६ मोडल ६०० सीसीको बाइक हो । हेभि बाइकका पारखीहरुलाई लक्षित गरि ल्याइउन लागेको यो बाइकको मूल्य २१ लाख रुपैयाँ भन्दा बढी पर्ने अनुमान गरिएको छ ।
आर-१५ नेपालमा सर्वाधिक रुचाइएको बाइक हो । आर-१५ का दुबै मोडल नेपाली सडकमा अत्याधिक गुड्छन् । अपग्रेडेड भर्सनमा ल्याउन लागेको आर-१५ बाइक १५० सीसीको हो । यसको नेपालमा ३ लाख ४० हजार ९ सय रुपैयाँको हाराहारीमा पर्ने बताइएको छ ।
१५५ सीसीको सुजुकी जिक्सर
सुजुकी इन्डियाले उत्पादन गरेका सुजुकी बाइकहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आएको भिजी सुजुकीले मेलामा नयाँ मोडल प्रर्दशनीमा राख्ने भएको छ । कम्पनीले १५५ सीसीको सुजुकी जिक्सर बाइकल मंगलबार राजधानीमा सार्वजनिक गरेकाे छ ।
यसको मूल्य नेपालमा २ लाख ३२ हजार ९ सय रुपैयाँ पर्ने बताइएको छ । तर, कम्पनीले मेला तथा दशैंतिहारमा ३ हजार रुपैयाँ नगद छुट दिएर २ लाख २९ हजार ९ सय रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।
बजाजले यस अघिकै बाइक शो गर्ने
नेपालीहरुमाझ निकै लोकप्रिय बन्न सफल भएको बजाजले हालै बिक्रि सुरु गरिएका नयाँ मोडललाई मेलामा प्रर्बद्धन गर्ने भएको छ ।
मेलाकै लागि भनेर कुनै बिशेष मोडल सार्वजनिक नगरिए पनि दशैंका लागि लक्षित गरी ल्याइएका मोडललाई प्रर्दशन गर्ने छ । बजाजले आफ्ना लोकपि्रय मोडल पल्सर प्रर्दशनीमा राख्नेछ । त्यस्तै अन्य कम मूल्यका तर धेरै उभोक्ताको रोजाईमा परेका मोडलहरु पनि बजाजले प्रर्दशनीमा राख्ने बताएको छ ।
केटीएम डुक पनि पुरानै मोडलमा
केटीएम डुकले पनि मेलामा नयाँ मोडल सार्वजनिक नगर्ने बताएको छ । पुरानै मोडल सहित मेलामा सहभागी हुन लागेको केटीएम डुकका २०० र ३९० सीसीका बाइकहरु प्रर्दशनीमा राखिने भएको छ ।
महिन्द्रा टु हृविलर्स
महिन्द्रा टु हृविलर्सले पनि मेलामा पुरानै मोडल प्रर्दशनीमा राख्ने जानकारी दिएको छ । अहिलेसम्म नयाँ बाइक तथा स्कुटर मेलामा सार्वजनिक गर्ने तयारी नभएको बताउँदै कम्पनीले पुराना ५ मोडल प्रर्दशनीमा राख्ने जानकारी दियो । कम्पनीले ३ वटा स्कुटर र २ वटा बाइक प्रर्दशनीमा राख्ने भएको छ । १२५ सीसी क्षमताका रोडियो, ड्यूरो डिजेड र फ्लाइट स्कुटर तथा ११० सीसीको सेन्चुरो र पेन्टुरो बाइक कम्पनीले प्रर्दशनीमा राख्नेछ ।
No comments:
Post a Comment