September 3
सामुदायिक रेडियो हरुको राष्ट्रिय सम्मेलन दोलखामा सुरु भएको छ |’सकारात्मक सामुदाय रुपान्तरणका लागि सामुदायिक रेडियो’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त सम्मेलन नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका बरिष्ठ नेता झलनाथ खनाल र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय उद्घाटन गरेका छन |
सामुदायिक रेडियो प्रसारक संघ अकोराव नेपालको १० औं साधारण सभाको अवसर पारेर गर्न लागिएको सम्मेलनमा देश भरि संचालनमा रहेका २०० रेडियोले सहभागिता जनाएका छन |नेपालको बिकाश र राष्ट्रिय स्थरमा समुदायको प्रतिनिधित्व गराउन सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई अझ विस्तार गर्नको लागि राज्यबाट पहल हुनुपर्नेमा अकोराव नेपालका अध्यक्ष मोहन चापगाइले बिशेस जोड दिएर छन |
कार्यक्रममा स्थानीय रेडियोहरुको तर्फबाट स्वागत गर्दै रेडियो शैलुङका अध्यक्ष शिवप्रसाद भण्डारीले नेपालमा सामुदायिक रेडियो प्रसारण सुरु भएको १७ वर्ष भए पनि सामुदायिक रेडियोहरुको विकासका लागि सरकारले ध्यान दिन नदिएको सरकारले लिने नविकरण शुल्क र रोयल्टी रकम मिनाहा गर्न माग गरेका थिए |दोलखा जिल्ला प्राकृतिक रुपमा नै सुन्दर र सम्भावना रहेको कुरा पनि उठेको थियो र पर्यटकीय हिसावले पनि यसलाई अझ विस्तार गर्नुपर्नेमा सबै एकमत देखिएका छन |
सामुदायिक रेडियो हरुको राष्ट्रिय सम्मेलन दोलखामा सुरु भएको छ |’सकारात्मक सामुदाय रुपान्तरणका लागि सामुदायिक रेडियो’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त सम्मेलन नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका बरिष्ठ नेता झलनाथ खनाल र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय उद्घाटन गरेका छन |
No comments:
Post a Comment